काठमाण्डौं । मुग्लिङ हुँदै राजधानी ओहोर-दोहोर गर्ने सवारी साधनबाट ‘सडक उपभोक्ता दस्तुर भन्दै’ सडक बोर्ड नेपालले धमाधम पैसा असुलिरहेको पनि यसबारेण्ण् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कुनै अत्तोपत्तो छैन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तुत गरेको २७ सुत्रीय मागपत्रका सम्बन्धमा मन्त्रालयले आयोजना गरेको छलफलमा यातायात मजदुरहरुबाट सडकमा विभिन्न बहानामा रकम असुल गर्ने गरेको तथ्य प्रस्तुत गर्दा मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले यसबारे अनभिज्ञता जनाउनुभएको हो । यातायात मजदुरहरुले सचिव सिटौलालाई अर्धकट्टी देखाएर नै देखाएर ‘सडक मर्मतका लागि भन्दै उठाइएको यो पैसा कहाँ जान्छ सचिव ज्यु’ भनेर सोधेका थिए ।’सडक बोर्ड नेपालले सवारी साधनमा लगाइएको सडक उपभोग दस्तुर’ भन्दै प्रत्येक सवारीबाट रकम असुल्ने गरेको छ । त्यस्तै सडक विभाग डिभिजन सरकारी कार्यालय भरतपुरले राजधानी प्रवेश गर्ने सवारीबाट धादिंङको माझिमटार र राजधानीबाट जाने सवारीहरुबाट धार्केमा रकम संकलन केन्द्र राखेर पैसा असुल्दै आइरहेको छ ।
साना सवारीबाट २५ रुपैयाँ र ठूला सवारीबाट ३५ रुपैयाँ असुल्दै आइरहेको भए पनि त्यो पैसा कसले उठाउँछ र कहाँ जान्छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । ‘आउँदा जाँदा दुईतर्फी पैसा तिर्छौं, किन तिरेका छौं, हामीलाई थाहा छैन ।’- बाग्लुङ काठमाण्डौ रुटको रात्री सेवाका चालक धनवहादुर मगर भन्नुहुन्छ, ‘सवारी साधनमा रकम संकलन गर्ने ठाउँमा कपाल पालेका झ्याप्ले, कुन्डलेहरु हुन्छन्, सोध्ने कुरै भएन ।’ नेपालका मात्रै नभएर भारतीय सवारीहरुबाट झन धेरै पैसा असुल्ने गरिएको मगरको भनाइ छ । ‘हामीले यस्तो रसिद मन्त्रालयलाई दिएका छौं, सचिवले यो बेठीक हो भन्नुभएको छ, अब यस्तो असुली रोकिने आशामा छौं ।’ स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष राजीव घिमिरेले भन्नुभयो ।सवारी साधनबाट सडक उपभोग दस्तुरका नाममा रकम असुली गरे पनि मुग्लिङदेखि नागढुङ्गा सडक खण्ड जीर्ण अवस्थामा रहेको छ । यसको मर्मतमा सरकारले कुनै चासो नदेखाएको संगठनका सचिव भीम राई ज्वालाले बताउनुभयो । ‘हामीले सम्बन्धित ठाउँमा कुरा पुर्याएका छौं, सडकमा अनावश्यक मजदुरहरुलाई दुख दिने काम रोकियोस् भन्ने चाहान्छौं ।’उहाँले भन्नुभयो ।
मन्त्रालयमा छलफल
यातायात मजदुरहरुको ज्याला बृद्धि तथा निर्धारण, देशभरिका यातायात मजदुरहरुको लगत संकलन, सडकमा हुने गुण्डागर्दी, विभिन्न वहानामा मजदुरबाट रकम असुली, ट्राफिक प्रहरीको ज्यादती, सवारी ऐन २०४९ को संशोधन, तथा विमा रकममा दायरा बढाउने र कमजोरीहरुलाई सुधार गर्ने लगायतका विषयमा संगठनले मन्त्रालयको ध्यानाकर्षण गराएको मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
संगठनले ०६७ चैत्र १६ गते नै मन्त्रालयसमक्ष २७ सुत्रीय माग पत्र प्रस्तुत गरे पनि अहिलेसम्म सुनुवाइ नभएको मन्त्रालयसमक्ष गुनासो पोखेका छन् । मन्त्रालयमा भएको छलफलमा यातायात मजदुर संगठनका अध्यक्ष पोखरेलसहित सचिवहरु माया बेगा, शम्भुप्रसाद नेपाल र भीमज्वाला राईकको सहभागिता थियो । मन्त्रालयका तर्फबाट सचिव सिटौला, मन्त्रालयका सिडिई पोख्रल, मेकानिकल इन्जिनिएर बासुदेव पोख्रेल लगायत सहभागी हुनहुन्थ्यो ।
ट्राफिकको ज्यादती रोक्न छुट्टै कमिटी
मजदुरहरुले उठाएका मागका विषयमा प्रकृया थाल्न मन्त्रालयका सिनियर डिभिजन इन्जिनिएर नवीनकुमार पोख्रेललाई जिम्मा दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आउँदो भदौ अन्तिमसम्म अध्ययन गरी समस्याको समाधान गर्ने सचिव सिटौलाले जानकारी गराउनुभयो ।सचिव सिटौलाले यातायात मजदुरहरुमाथि ट्राफिकको ज्यादती पछिल्लो समय बढेको भन्ने चौतर्फी गुनासोहरु आएकाले समस्या समाधानका लागि छुट्टै कमिटी बनेको जानकारी दिनुभयो ।
(यसैवीच अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पोखरा जाँदा सडकमार्ग प्रयोग गरेको र बाटोको दुरावस्था देखेर चिन्तित बनेको प्रतिक्रिया प्राप्त भएको छ । अख्तियार प्रमुख कार्कीले हवाइमार्ग प्रयोग गरेको र मुग्लिन-काठमाडौं सडक खण्डको वास्ता नगरेको समाचार सच्याइएको छ
No comments:
Post a Comment