Monday, August 26, 2013

टुरिजम म्यान अफ दी इयर २०१३ अवार्ड आङछिरिङ शेर्पालाई

     खुम्जुङदेखि विश्व पर्वतारोहण महासंघसम्म (फोटो फिचरसहित) 
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएका शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण गराइसक्नुभएको छ । दर्जनौं पर्यटकीय संघसंस्थामा आवद्ध भएर काम गरिसक्नुभएका  शेर्पाको अहिलेको आवद्धता र भूमिकालाई गन्ति गरेर साध्य छैन 

काठमाडौं, १० भदौं । विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य आङछिरिङ शेर्पा टुरिजम म्यान अफ दी इयर २०१३ अवार्डबाट सम्मानित हुनुभएको छ । वर्षभरीको उत्कृष्ठ पर्यटन व्यवसायीको रुपमा शेर्पाले उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।

उक्त अवार्ड गन्तव्य नेपालको नवौं वार्षिकोत्सवको अवसरमा आइतबार होटल अन्नपूर्णमा आयोजित भव्य समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रामकुमार श्रेष्ठले गर्नुभएको थियो । सोअवार्ड यसअघि नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौला, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल र फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमण पाण्डेले प्राप्त गरिसक्नुभएको छ ।
नेपालको सिंगो पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासको बागडोर सम्हालिरहनुभएका शेर्पालाई पर्वतीय पर्यटनको ज्ञाताको रुपमा चिन्न सकिन्छ । पर्वतीय पर्यटनमा अतुलनीय योगदान पु¥याएकोबखत हालै मात्र विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्यको रुपमा शेर्पालाई मनोनयन गरेको थियो । पर्वतीय क्षेत्रमा शेर्पाले पु¥याउनुभएको योगदानको कदर गर्दै केहि समय अगाडी मात्रै उहाँ विश्व पर्वतारोहण महासंघले आफ्नो सदस्याता प्रदान गरेको हो । त्यसअर्थमा उहाँलाई नेपालको मात्रै नभएर विश्वकै पर्वतीय पर्यटनमा विख्यात व्यक्तित्व मानिन्छ ।

विश्व पर्वतारोहण महासंघमा प्रतिनिधित्व गर्ने शेर्पा सिंगो एसियाबाट दोस्रो हुनुहुन्छ भने नेपालबाट पहिलो । एसियन टे«किङ प्रा.लि. एसियन एडभेन्चर ट्राभल एण्ड टुर्स प्रा.लि.होटल माउन्टेन मानेस्ट्री प्रा.लि. हिमालयन चाइन रिसोर्ट (एसीआर)समेतको अध्यक्ष हुनुहुन्छ ।

सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको हिमाली गाउँ खुम्जुङमा जन्मनुभएका शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । चार दशकभन्दा बढि समय पर्यटनमा खर्चिसक्नुभएका शर्पालाई सालिन र निडर र निस्वार्थ भावले युक्त व्यक्तित्वको रुपमा पनि लिन सकिन्छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएका शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण गराइसक्नुभएको छ । दर्जनौं पर्यटकीय संघसंस्थामा आवद्ध भएर काम गरिसक्नुभएका  शेर्पाको अहिलेको आवद्धता र भूमिकालाई गन्ति गरेर साध्य छैन । 
अहिले पनि उहाँ तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय संघसंस्थामा क्रियाशिल हुनुहुन्छ । जसमध्ये अधिकांश संस्थामा उहाँ नेतृत्व तहमै रहेर भूमिका निर्वाह गरिरहनुभएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत अहिलेसम्म उहाँले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ । तसर्थ शेर्पाले नेपालको पर्यटन क्षेत्रमा पु¥याउनुभएको योगदानको जति नै प्रसंसा गरेपनि कमी हुन्छ ।

डाक्टर बन्ने सपना बोकेर अध्ययन गर्नुभएका शेर्पाले एमबीबीएस गर्नुभएको छ । ‘टुरिजम म्यान अफ दी इयर २०१३ अवार्ड पाउनु थिएछर म डाक्टर बनिन’ अवार्ड प्राप्त गरेपछि बोल्दै शेर्पाले भन्नुभयो–‘मेरो डाक्टर बन्ने सपना पूरा नभएपनि गुणासो छैन । मैले यो क्षेत्रमा हासिल गरेका उपलब्धहरुबाट म सन्तुष्ट छु । आफुले पाएको अनुभव नेपालको पर्यटनमा खर्चनेछु ।’ पर्यटन क्षेत्रका विकासका लागि जस्तो सुकै चुनौतिको सामाना गर्न पनि आफु तत्पर रहने उहाँको भनाइ थियो । 

No comments:

Post a Comment