काठमाडौं - उडानमा रहेको एकमात्र जहाज पनि थन्किएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान बन्द भएको छ। अब आन्तरिक उडानतर्फ निगम जहाजविहीन भएको छ। निगमले आन्तरिक उडानमा प्रयोग गरिरहेको एकमात्र टि्वनअटर जहाज असोज २७ (दसैं नवमी) बाट 'ग्राउन्डेड' भएपछि मुलुकभित्र हुनुपर्ने उसका सबै उडान बन्द भएका हुन्। जहाजै नभएपछि निगमका आन्तरिक उडानका सबै काउन्टर खालि भएका छन्।
'उडिरहेको एउटा जहाज ग्राउन्डेड भएपछि सम्पूर्ण आन्तरिक उडान बन्द भएका छन्,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले आइतबार नागरिकसँग भने, 'तर, सीमित अवधिका लागिमात्र हो।'
निगमसँग हाल बाँकी रहेको ९एन–एबिबी कलसाइनको १९ सिटे टि्वनअटर ग्राउन्डेड भएको हो। यो ४० वर्ष पुरानो जहाज हो। यही जहाजबाट निगमले झन्डै दुई दर्जन आन्तरिक गन्तव्यमा उडान गर्नुपर्ने बाध्यता थियो। निगमसँग रहेका दुईमध्ये एक टि्वनअटर गत जेठ २ गते मुस्ताङको जोमसोममा दुर्घटनाग्रस्त भएको थियो।
एकमात्र टि्वनअटरले अष्टमी (असोज २६) का दिन काठमाडौंबाट विराटनगर, भोजपुर र लामिडाँडा उडान गरेपछि थन्किएको थियो। ती गन्तव्यमा उडान गरेपछि यो जहाजको बायाँ इन्जिनको उडान अवधि सकिएको थियो। यसले केही महिनादेखि पश्चिम क्षेत्रतर्फ एउटा पनि उडान गरेको थिएन।
निगमले हाल ग्राउन्डेड भएको सहित अन्य दुई जहाजका लागि नयाँ इन्जिन जोहो गर्न नसकेपछि आन्तरिक उडान रोकिएका हुन्। करिब दुई महिनादेखि इन्जिन जोहो गर्ने निगम व्यवस्थापनको प्रयास सफल हुन सकेको छैन। निगमले अमेरिकाको एक कम्पनीबाट दुई तथा भारतको एक कम्पनीबाट चार थान इन्जिन ल्याउन सम्झौता गरिसकेको छ।
निगम व्यवस्थापनले आगामी एक साताभित्र इन्जिन आइपुग्ने दाबी गरेको छ। निगमका प्रवक्ता चन्दका अनुसार इन्जिन साट्नका लागि निगमले जेठ पहिलो साता आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डर जितेर भारतको बर्मन एभिएसन प्रालिले चार तथा अमेरिकाको साउथवेस्ट एयर मोटिभ कम्पनीले दुईथान इन्जिन साट्न पाउने भएका थिए।
'अमेरिकाको साउथवेस्टले एक थान इन्जिन आइतबार पठाइसकेको जानकारी दिएको छ,' चन्दले भने, 'चार दिनजतिमा काठमाडौं आइपुग्छ होला, अनि जडान हुनासाथ टि्वनअटर उडाइहाल्छौं।' बर्मनले भने आगामी शुक्रबार एक थान र त्यसको दुई–तीन दिनपछि अर्को थान दिने उनले जानकारी दिए।
सम्बद्ध अर्का अधिकारीका अनुसार बर्मनले भदौ तेस्रो साताभित्रै निगमलाई इन्जिन दिने सम्झौता गरेको थियो। त्यसको दुई सातापछि अर्को दिने बताएको थियो। गत असोज १८ भित्र भने साउथवेस्टबाट इन्जिन आइसक्नुपर्ने तालिका थियो।
इन्जिन साट्नका लागि निगमले जेठ पहिलो साता आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डर जितेर बर्मनले चार तथा साउथवेस्टले दुई थान इन्जिन साट्न पाउने भएका थिए। इन्जिन साट्ने भनिए पनि खर्च भने बेहोर्नुपर्छ। ६ थान इन्जिनका लागि निगमले न्यूनतम १५ लाख अमेरिकी डलर (१४ करोड ७० लाख रुपैयाँ) देखि अधिकतम २१ लाख डलर (२० करोड ५८ लाख रुपैयाँ) सम्म खर्च गर्नुपर्ने सम्बद्ध एक अधिकारीले जानकारी दिए।
उनका अनुसार एउटा इन्जिन साट्न २ लाख ५० हजारदेखि ३ लाख ५० हजार डलर खर्च लाग्छ। भारतीय र अमेरिकी कम्पनीले निगमका इन्जिन लगेर ओभरहल गरिएका इन्जिन दिनेछन्। निगमकै इन्जिन मर्मत गर्न भने उक्त परिमाणबराबरको खर्च लाग्नेछ।
यसअघि बर्मनले असोज १७ मा एउटा, साउथवेस्टले असोज २० मा एउटा र त्यसको करिब दुई साताभित्र दुवै कम्पनीले एक–एक थान इन्जिन दिने जानकारी गराएका थिए। तर, तोकिएको समयमा इन्जिन नआएपछि निगममा समस्या सुरु भइसकेको थियो।
आफैंले इन्जिन ओभरहल गर्न ६ देखि आठ महिना लाग्ने भएका कारण निगमले इन्जिन साट्ने योजना ल्याएको थियो। निगमले भने टि्वनअटरका इन्जिन एउटालाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ।
आन्तरिक उडानबाट थप आम्दानी गर्न निगमले एक दशकदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेडमध्ये दुई टि्वनअटर निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरलाई भाडामा दिएको छ। तीमध्ये एउटा जहाज दुर्घटनामा परिसकेको छ। सरकारले तोकेको भाडा दरमा उडान गर्नुपर्दा निगमले आन्तरिक उडानमा पर्याप्त आम्दानी गर्न सकेको छैन।
बाँकी रहेको एकमात्र जहाजलाई दसैंमा उडाउने भनेर निगमले नियमित उडानसमेत नगरी राखेको थियो। जति बढी समय उडायो, त्यत्ति चाँडै इन्जिनको अवधि सकिने भएपछि बाध्य भएर दुई/चार दिन रोक्दै उडाएको थियो। तर, नवमीमा आइपुग्दा जहाजै थन्किन पुग्यो।

कालीगण्डकीमा र्याफ्टिङ गर्ने विदेशी बढे............
बाग्लुङ - कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) गर्ने विदेशी पर्यटक पछिल्लो समय बढेका छन्। सात समुन्द्रपारिबाट आएका विदेशीले उच्च बहाव भएको कालीगण्डकीको छालमा सयर गर्न रुचि देखाएका छन्। नदीमा तैरिने ज्याकेट लगाउँदै गरेका जर्मन पर्यटन किन्दिङ निकै उत्साही थिए। 'बिदा मनाउन दस जना नेपाल आएका छौं,' उनले भने, 'बोटिङ गरेर रमाइलो गर्छौं।'
किन्दिङसहितको टोलीलाइ स्विसा रिभर र्याफ्टिङ कम्पनी पोखराले ल्याएको थियो। हिउँद सुरु भएर पानीको बहाव घटेपछि कालीगण्डकी नदीमा र्याफ्टिङ गर्ने विदेशी पर्यटकको भीड लागेको छ। तीन दिनका लागि २० जर्मनी र इजरायली नागरिक लिएर आएको स्विसा रिभरका गाइड रवि श्रेष्ठले बताए।
अहिले जर्मन, इजरेली, युरोपेली, चिनियाँ र अमेरिकी पर्यटक र्याफ्टिङ गरिरहेका छन्। पहिलो पटक नेपाल आएका इजरेली पर्यटक कन्चुङले भिरालो नदीमा पानीको बहावसँगै तैरिँदा आनन्द आउने भएकाले र्याफ्टिङ गर्न आएको बताए। 'समुद्रमा डुंगामा सयर गर्नुभन्दा नदीमा रमाइलो लाग्यो,' उनले भने, 'पहिलो ट्रेकिङ र्याफ्टिङ गर्न आएको हुँ।'
नेपालको प्राकृतिक सौन्दर्य र नदीमा पानीका छालसँगै खेलेर बिदा मनाउन विदेशी आउने गरेका छन्। विभिन्न देशका करिब दुई दर्जन पर्यटकलाई लिएर पोखराको रेजिङ रिभर र्याफ्टिङ प्रालिका गणेश पुन पनि यहाँ आएका छन्। 'जलयात्राका लागि कालीगण्डकी नदी पर्यटकको गन्तव्य बन्दै गएको छ,' उनले भने।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृष्य, झरना, विभिन्न वनस्पती, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित छन्। पर्यटक असोज, कात्तिक, मंसिर, फागुन, चैत, वैशाखमा नदीमा विदेशी पर्यटक आउने गरेका छन्। कालीगण्डकी नदीमा शुक्रबार करिब दुई दर्जन डुंगामा विदेशीले र्याफ्टिङ गरे। सिजन सुरु भएपछि दैनिक डेढ सय पर्यटकले र्याफ्टिङ गरिरहेका छन्।
पर्यटक पोखराका गाइड लिएर बाग्लुङ र पर्वतको सीमा नयाँपुल, मालढुंगामा आएर जलयात्रा सुरु गर्ने गरेका छन्। यहाँबाट सुरु हुने र्याफ्टिङ कालीगण्डकी 'ए' जलविद्युत परियोजनाको जलासयमा पुगेर टंगिन्छ।
पर्यटकलाई र्याफ्टिङका लागि पोखरास्थित डिप्लोमेट ट्राभल्स, अल्टिमेट, डिसेन्स, प्यान्डल नेपाल, लोटस वेभलगायत दर्जन र्याफ्टिङ तथा ट्राभल कम्पनीले व्यवस्था मिलाउने गरेका छन्।
तीन दिनको प्याकेजमा आउने पर्यटकललाई पहिलो दिन पर्वतको फलेबास तलको किनार, दोस्रो दिन गुल्मी, स्याङ्जा र पर्वतको संगम सेतीवेणी र तेस्रो दिन स्याङ्जाको मिर्मी पुर्याउने गरिएको छ। जलयात्रामा विदेशीहरू नदी किनारमै बास बस्ने गरेका छन्।

पश्चिमी नाकाबाट नेपाल घुम्ने पर्यटक बढ्दै............
‘भारतको दिल्ली हुादै वनबासा नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढेको छ ।’ अध्यागमन कार्यालय कञ्चनपुरका प्रमुख रनबहादुर विष्टले भन्नुभयो, ‘तेस्रो मुलुकका नागरिक भारतको दिल्ली हुादै नेपाल भित्रिने गरेका छन ।’
अध्यागमन कार्यालय कञ्चनपुरका अनुसार सन् २०१० देखि सो नाकाबाट नेपाल आउने पर्यटकको संख्या बढेको हो ।
सन् २०१० मा एक हजार ३ सय १६, २०११ मा एक हजार ६ सय ४०, २०१२ मा एक हजार ६ सय ८ र २०१३ को सेप्टेम्बरको अन्तिमसम्ममा एक हजार १ सय १३ जना पर्यटक भित्रिएका छन् ।
पहिलो पटक यो मार्ग भएर आउने पर्यटक दोस्रोपटक नआउने गरेको अध्यागमनका प्रमुख विष्टले बताउनुभयो । ”वनबासा पुलका कारण यो नाकाबाट धेरै पर्यटक नआउने र यो नाकाबाट आएको पर्यटक र्फकर्ने बेला अर्को नाकाबाट जाने गर्दछन्, उहाँले भन्नुभयो ।
पर्यटक बढाउन वनबासा पुल २४ घन्टै खोल्नुपर्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले बताउनुभयो । “दिनमा ६ घन्टामात्रै पुल खुल्नाले पर्यटकलाई झन्झट हुन्छ, त्यसैले पुल २४सै घन्टा खोल्नुपर्छ”, उहाँले भन्नुभयो ।
No comments:
Post a Comment