टानमा रमेश धमला प्यानल विजयी
बधाई तथा शुभ कामना
काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा रमेश धमलाको प्यानल विजयी भएको छ । नयाँ कार्यसमितिका लागि शुक्रबार सपन्न भएको निर्वाचनमा प्रत्यासी उम्मेद्वार जाङ्बु शेर्पाभन्दा बढी मत ल्याएर धमला प्यानलले जितेको हो ।अध्यक्षमा रमेश धमलाले ३२१ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी जाङबु शेर्पाले २६१ मत प्राप्त गर्नुभएको छ । धमला इकोलोजिकल ट्रेक्सका सञ्चालक हुनुहुन्छ भने शेर्पा नमस्ते ट्रेक्स एण्ड एक्पिडिसनका सञ्चालक हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षमा माउण्टेन लिडर्सका सञ्चालक केशव पाण्डे ३१८ मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा रहनुभएका मकालु एडभेञ्चरका सञ्चालक मोहन लम्सालले जम्मा २५७ मत प्राप्त गर्नुभयो ।
त्यसैगरि, प्रथम उपाध्यक्षमा कामी रिञ्जी शेर्पा ३१३ मत प्राप्त गरेर विजयी हुनभएको छ भने द्धितिय उपाध्यक्षमा कुलबहादुर गुरुङ ३८८, महासचिवमा सागर पाण्डे २९४, सचिवमा पासाङ शेर्पा ३२३, कोषाध्यक्षमा गोपाल बाबु श्रेष्ठ २८९ र सहकोषाध्यक्षमा तिलक बहादुर थापा मगर ३५३ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
सदस्यहरुमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्जी शेर्पा, नमराज गौली, आङपेम्बात शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सिना र धन प्रसाद गुरुङ विजयी हुनुभएको छ । - See more at: http://www.onlinekhabar.com/2013/09/117725/#sthash.YGeIt8MW.dpuf

सदस्यहरुमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्जी शेर्पा, नमराज गौली, आङपेम्बात शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सिना र धन प्रसाद गुरुङ विजयी हुनुभएको छ ।नेचर मिडिया राजु शर्मा

No comments:
Post a Comment